नियम ११क
बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्ने
(१) ऐनको दफा १२क. बमोजिम बिमा व्यवसायमा लगाइएको रोकको सम्बन्धमा हाल त्यस्तो रोक लगाई रहनु पर्नेअवस्था विद्यमान नरहेको भनी सम्बन्धित बिमकले त्यस्तो अवस्था विद्यमान नरहेको मितिले पैंतीस दिनभित्र आवश्यक प्रणामहरूसमेत संलग्न राखी समितिसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको निवेदनमा उल्लिखित अवस्थाहरू तथा सो साथ संलग्न प्रमाणहरू सन्तोषजनक देखिएमा समितिले बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्न सक्नेछ । समितिले यसरी बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्दा त्यसरी फुकुवा गर्ने रोक आंशिक रोक भए दश हजार रुपैयाँ र पूर्ण रोक भए पच्चीस हजार रुपैयाँ सम्बन्धित बिमकलाई जरिवाना गरी बिमा व्यवसायमा लगाइएको त्यस्तो रोक फुकुवा गर्न सक्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि –
(१) “पूर्ण रोक” भन्नाले बिमकले बिमा व्यवसायका सम्बन्धमा गर्ने सम्पूर्ण कारोबार संचालन गर्न नपाउने गरी लगाइएको रोक सम्झनुपर्छ ।
(२) “आंशिक रोक” भन्नाले बिमकले बिमा व्यवसायका सम्बन्धमा गर्ने सम्पूर्ण कारोबारमध्ये कुनै एक वा एकभन्दा बढी कारोबार संचालन गर्न
नपाउने गरी लगाइएको रोक सम्झनु पर्छ ।